महर्षि बेद्ब्यास र पराशर ऋषिको तपोभूमि, शुक्ला र महेन्द्री नदीको संगम स्थल तथा छाब्दी बाराहीको छत्रछायामा रहेको यस बिद्यालय तनहुँ जिल्लाको सदरमुकाम दमौलीको भादगाउँमा आबस्थित रहेको छ | विद्यालयमा अज्ञानत अशिक्षा बाट पिल्सिएका आदिवासी दरै, बोटे जातीको बस्ती यस स्थानमा विदयालयको अवश्यकता भएर पनि शुरुवात हुन भने सकेको थिएन तर बसाइ सराइको क्रममा विभिन्न जिल्लाबाट बसाइसराई गर्ने क्रम सँगसँगै विद्यालयको आवश्यकता महशुस गरी विद्यालयको स्थापना नगरे रै पनि गुरुकुल पद्धतीको पठन पाठन शुरु गरिएको पाइन्छ । जब देशमा बहुदलीय स्थापना भएपछि विद्यालयले औपचारिकता मान्यता प्राप्त गरेको पाइन्छ ।