१०:०० - ४:००

सोमबार देखि शुक्रबार

हाइस्कुलटार

व्यास-१, तनहुँ

०६५५६३०३९ / ९८५६०६००३९

nirmalschool2025@gmail.com

१०:०० - ४:००

आइतबार देखि शुक्रबार

हाइस्कुलटार

व्यास-१, तनहुँ

०६५५६३०३९ / ९८५६०६००३९

nirmalschool2025@gmail.com

विद्यालय प्रधानाध्यापक

आदरणीय अभिभावकज्यूहरू, प्रिय विद्यार्थी भाइबहिनीहरू, सम्माननीय शिक्षक तथा कर्मचारी साथीहरू, पूर्वविद्यार्थी, शुभेच्छुक एवं सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक नमस्कार।

निर्मल माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने अवसर पाउनु मेरा लागि केवल एउटा प्रशासनिक जिम्मेवारी मात्र होइन, विद्यालयको समग्र शैक्षिक, सामाजिक तथा संस्थागत विकासका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्ने महत्वपूर्ण अवसर हो। नेतृत्व परिवर्तनशील हुन्छ, तर सफल परिवर्तन सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ। त्यसैले यो मेरो एक्लो यात्रा होइन, हामी सबैको साझा यात्रा हो। 

विद्यालय प्रधानाध्यापक
बिमल सिग्देल

Read More 

विद्यालय ऐतिहासिक पृष्ठभूमि

तनहुँ जिल्लाको व्यास नगरपालिका–१, भादगाउँ, दमौलीमा अवस्थित निर्मल माध्यमिक विद्यालय यस क्षेत्रकै एक ऐतिहासिक र अग्रणी सामुदायिक शैक्षिक संस्था हो। यस विद्यालयको स्थापना र नामकरणसँग तनहुँको एउटा महत्वपूर्ण राजनीतिक तथा प्रशासनिक इतिहास जोडिएको छ।  श्री निर्मल माध्यमिक विद्यालय अवस्थित रहेको छ । यस विद्यालय तनहुँ जिल्लाको सदरमुकाम दमौली देखि पूर्व १ कि.मि. मा आदिवासी दरै, वोटे तथा अन्य जातजातीको घनाबस्तीको माँझमा रहेको छ ।

स्थापना र नामकरणको पृष्ठभूमि

वि.सं. २०२५ सालतिर तनहुँ जिल्लाको सदरमुकाम बन्दिपुरबाट दमौली सार्ने क्रममा विवाद चर्किएको थियो। सोही क्रममा बन्दिपुर र तनहुँको पश्चिमी भेगका बासिन्दाहरूबीच भएको ऐतिहासिक आन्दोलन र संघर्षमा परेर जामुनेका निर्मल रानाभाटले वीरगति प्राप्त गरेका थिए। तिनै सहिद निर्मल रानाभाटको स्मृति र सम्मानमा स्थानीय समाजसेवी, शिक्षाप्रेमी, जग्गादाता र राजनीतिज्ञहरूको सक्रियतामा वि.सं. २०२५ सालमा  यस विद्यालयको स्थापना गरिएको हो।

प्रारम्भिक अवस्था र विकासक्रम

सुरुवाती दिनमा यो विद्यालय एउटा सानो झुपडी र सीमित विद्यार्थी संख्याबाट सुरु भएको थियो। स्थानीय सीमान्तकृत समुदाय, जनजाति (विशेष गरी दरै समुदाय) र दलित वर्गका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन यसले जगको काम गर्‍यो। समयको अन्तरालसँगै विद्यालयले प्राविधिक तथा उच्च माध्यमिक तहसम्म आफ्नो सेवा विस्तार गर्‍यो। हाल यो विद्यालय राष्ट्रिय परीक्षा बोर्ड (NEB) र CTEVT सँग सम्बन्धन प्राप्त गरी कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायका साथै सिभिल इन्जिनियरिङ (Civil Engineering) मा डिप्लोमा तहको प्राविधिक शिक्षा समेत प्रदान गर्ने स्तरमा स्तरोन्नति भइसकेको छ।

ऐतिहासिक गौरव र उपलब्धि

स्थानीय पाठ्यक्रमको संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएको यस विद्यालयले आफ्नो गुणस्तरीय शिक्षाका कारण बेलायती नियोग (British Council Nepal) द्वारा प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (ISA – International School Award) समेत प्राप्त गरिसकेको छ।

विगत पाँच दशकभन्दा लामो गौरवशाली इतिहास बोकेको निर्मल मा.वि.ले देशका लागि आवश्यक अनगिन्ती डाक्टर, इन्जिनियर, प्रशासक, राजनीतिज्ञ र सामाजिक अभियन्ताहरू उत्पादन गरेर तनहुँकै प्राज्ञिक पहिचानलाई उच्च बनाएको छ।

निर्मल माध्यामिक विद्यालय हजुरहरु लाई हार्दिक स्वागत गर्दछ !!

बालमैत्रि वातावरणमा पठनपाठन

बालमैत्रि तथा भयरहित वातावरणमा पठनपाठनको व्यवस्था ।

विद्यार्थी केन्द्रित विधि

विद्यार्थी केन्द्रित विधिको माध्यमबाट पठनपाठन गराइने ।

प्रयाप्त अतिरिक्त क्रियाकलाप

प्रयाप्त मात्रामा अतिरिक्त क्रियाकलापका व्यवस्था ।

ICT मा आधारित शिक्षा

कक्षाकोठामा ICT मा आधारित शिक्षा प्रदान गर्दै आएको ।

प्रयाप्त मात्रामा खेल मैदान

विद्यार्थीहरुलाई खेल्नका लागि प्रयाप्त मात्रामा खेल मैदानको व्यावस्था ।

दक्ष तथा अनुभवी शिक्षकहरु

दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा अध्यापन गराइने ।

विद्यार्थीले भर्नाको लागि तलको Download Icon मा क्लिक गरि भर्ना फारम Download गर्न सक्नुहुनेछ र फारम भरि विद्यालयमा पेश गर्न सक्नुहुनेछ ।

प्रधानाध्यापक

बिमल सिग्देल

Read more

वि. व्य. स. अध्यक्ष

तम बहादुर दरै

Read more

शि. अ. सं. अध्यक्ष

लक्ष्मण विश्वकर्मा

Read more

सुचना तथा समाचार

सम्पर्क ठेगाना

ठेगाना

हाइस्कुलटार, व्यास-१, तनहुँ

तनहुँ

इमेल

nirmalschool2025@gmail.com

सम्पर्क समय

सोमबार देखि सुक्रबार सम्म

१०ः१० देखि ४ः१० सम्म

मोबाइल

०६५५६३०३९ / ९८५६०६००३९

Make an Appointment

All fields are obligatory